यस्तो बनाइयो आधारभूत अस्पतालको संगठन संरचना

यस्तो बनाइयो आधारभूत अस्पतालको संगठन संरचना

स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमूना संगठन र दरबन्दी स्वीकृत भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै नमूना संगठन र दरबन्दी स्वीकृत भएको जानकारी गराएको हो ।

जसअनुसार अब ५ शैयाको अस्पतालमा ८ औं तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहने छन् ।

त्यसैगरी, १० शैयामा दुई जना मेडिकल अधिकृतसहित २२ र १५ शैयामा नौ वा १०औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहने जनाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने आर्थिक दायित्वको व्यवस्था भने स्थानीय तह आफैंले मिलाउनुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत २१ गतेको निर्णयले नमूना संगठन संरचना र दरबन्दी स्वीकृत गरि कार्यान्वयनका लागि असार २७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको थियो ।

टिप्पणीहरू