कोरोना बढेपछि झापामा पनि कडाइ

कोरोना बढेपछि झापामा पनि कडाइ

कोरोना संक्रमणदर ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, झापाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्थालगायत सरकारी तथा गैरसरकारी संस्थालाई कोरोनाको संक्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरेको हो ।

प्रशासनले संक्रमणको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्न, बिनाकाम बाहिर ननिस्कन, भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन भनेको छ ।

साथै, प्रशासनले बुस्टर डोज लगाउन बाँकी रहेकालाई नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन जोड दिएको छ ।

कोरोनाको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बिरामीलाई आवश्यक पर्ने औषधि, परीक्षण किट, मास्कलगायतका अन्य सामग्री जोरजाम गर्न प्रशासन लागिपरेको छ ।

टिप्पणीहरू