मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा भाइको मृत्यु, दाजु घाइते

मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा भाइको मृत्यु, दाजु घाइते

काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । रोशी गाउँपालिका ११ डालाबेसीस्थित राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.७०प ४१८२ नम्बरको मोटरसाइकल राति साढे २ बजे सडकमा राखिएको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुलीको मझुवा गाउँपालिका–५, का १९ वर्षीय मिलन मंग्रातीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय, काभ्रेका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मंग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू