दिल्लीबाट फर्कनासाथ प्रचण्डद्वारा प्रधानमन्त्री र माधवसङ्ग छुट्टाछुट्टै भेट

दिल्लीबाट फर्कनासाथ प्रचण्डद्वारा प्रधानमन्त्री र माधवसङ्ग छुट्टाछुट्टै भेट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो भेटघाट गर्न पार्टी नेताहरुको दुई समूह साँझपख बालकोट गएको छ । ओली निवासमा उपाध्यक्ष ईश्वर पोखरेल, नेताहरु रघुवीर महासेठ र भानुभक्त ढकाल एकैसाथ पुग्नुभएको हो । उहाँहरु साँझ दुई घण्टा कुराकानी गरेर राति पौने ९ बजे बाहिरिनुभएको थियो ।

त्यसअघि उहाँको निवासमा पूर्वमन्त्री खगराज अधिकारी साढे ५ बजे पुग्नुभएको थियो । गत स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेश र विशेषगरी कास्की जिल्लामा भएको अन्तरघातमा केन्द्रीय नेताहरुको दुई समूहबीच आरोप प्रत्यारोप चलेको अवस्थामा अध्यक्षले अधिकारीलाई छुट्टै भेट गर्नुभएको हो ।

पोखरा महानगरपालिकाको निर्वाचनमा अधिकारी समूहनिकट उम्मेदवारविरुध्द अर्का नेता तथा प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले अन्तरघातको नेतृत्व गरेको आरोप लगाइएको छ ।

यता कोटेश्वरमा हिजै नेकपा एकीकृत समाजवादीका नेता बलराम बाँस्कोटाले अध्यक्ष माधवकुमार नेपालसँग वामदेव गौतमलाई पार्टीमा सम्मानजनक स्थानसहित स्वागत गर्नेवारे भेटवार्ता गर्नुभएको छ । बाँस्कोटा नेपाल निवासमा बिहान एक घण्टासम्म बस्नुभएको थियो ।

उता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि हिजो साँझ भेटवार्ता भएको छ । उहाँहरुबीच करिब एक घण्टा छलफल भएको हो । प्रचण्ड अस्ति भारत भ्रमणबाट फर्केपछि हिजो पहिलो पटक बालुवाटार जानुभएको थियो ।

टिप्पणीहरू