प्रचण्ड र आरजुबीच दिल्लीको पाँच बुँदे नक्कली समझदारी पत्र सार्वजनिक गर्ने व्यक्तिको व्यापक खोजी

प्रचण्ड र आरजुबीच दिल्लीको पाँच बुँदे नक्कली समझदारी पत्र सार्वजनिक गर्ने व्यक्तिको व्यापक खोजी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाबीच सत्ता बाँडफाडमा सहमति जुटेको भन्दै नक्कली समझदारी पत्र बनाएर सार्वजनिक गरेको आरोपमा एक जना समातिएका छन् । उक्त नक्कली सम्झौता आफ्नो फेसबुकमा पोष्ट गर्ने गणेश मण्डललाई प्रहरीले सोधपुछका लागि लगेको हो ।

शुक्रबार दिल्ली पुग्नुभएका प्रचण्डसँग स्वास्थ्य उपचारका लागि केही दिनदेखि दिल्लीमा रहेकी आरजुसँग शनिबार बिहान त्यहाँस्थित नेपाली दूतावासमा भेटघाट भएको थियो । उक्त भेटमा उहाँहरुबीच पाँच बुँदे सहमति भएको भन्दै विभिन्न व्यक्तिले त्यसलाई सञ्जालमा प्रचार गरेका थिए ।

गैरकूटनीतिक भाषामा तयार गरिएको उक्त कृतिम पत्र सार्वजनिक भएलगत्तै त्यसको स्रोत पहिचान गर्न थालेको प्रहरीले मण्डललाई बोलाएर आवश्यक सोधपुछपछि तारेखमा छोडेको छ । उनलाई बोलाएर सोध्दा शेयर मात्र गरेको पत्ता लाग्यो’, यसबारे अनुसन्धान गरिरहेका प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कताबाट आएको भन्ने कुरा बुझ्ने काम भैरहेको छ ।’

प्रचण्डको भारत भ्रमण र त्यहाँ भएका भेटघाटप्रति नकारात्मक टिप्पणी गर्ने राजनीतिक दलका कार्यकर्ताले नक्कली सम्झौतापत्र बनाएर सार्वजनिक गरेको हुनसक्ने प्रहरीको आशंका छ । सोहीअनुसार अनुसन्धान भैरहेको बताइएको छ ।

टिप्पणीहरू