प्रचण्डले भन्नुभयो, मोदीसँग भेट नभए पनि ‘नो’ टेन्सन

प्रचण्डले भन्नुभयो, मोदीसँग भेट नभए पनि ‘नो’ टेन्सन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । भ्रमण अपेक्षअनुसार नै भएको भन्दै उहाँले प्रधानमन्त्री भएर गएजस्तै अनुभूति गरेको पनि सुनाउनुभयो ।

तीनदिने भ्रमण सकेर स्वदेश फर्किने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले भारत सरकार र सत्तारुढ भाजपाबाट सोचेभन्दा राम्रो स्वागत पाएको समेत बताउनुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको भन्दै प्रचण्डले त्यसको कारणबारे आफूलाई पनि थाहा नभएको प्रतिक्रिया दिनुभयो । भाजपा नेतृत्वसँग नेपालको हितका विषयमा उल्लेखनीय कुराकानी भएकाले मोदी नभेटेकोमा फूलाई कुनै टेन्सन नभएको उहाँको भनाइ छ ।

टिप्पणीहरू