प्रचण्डको अजित डोभलसँग दुई घण्टा छलफल

प्रचण्डको अजित डोभलसँग दुई घण्टा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग दुई घण्टा एक्लाएक्लै छलफल गरेको बताउनुभएको छ ।

तीनदिने भारत भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले डोभलसँग लामो छलफल गरेको बताउनुभएको हो ।

डोभलसँग नीति निर्माण तथा दुई देशबीचको सम्बन्धको अवसर र चुनौतीका बारेमा कुराकानी भएको प्रचण्डको भनाइ छ । उक्त भेटमा आफूले नेपाल र भारतका विषयमा धेरै कुरा उठाएको पनि उहाँले दाबी गर्नुभयो ।

प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि लामो भेट भएको सुनाउनुभयो ।

टिप्पणीहरू