गृहमन्त्री हुँदा रामबहादुर थापाले सरकारी ढुकुटीबाट साढे ६२ लाख लिए

गृहमन्त्री हुँदा रामबहादुर थापाले सरकारी ढुकुटीबाट साढे ६२ लाख लिए

शान्ति सुरक्षाका नाममा एक वर्षमा गृहमन्त्री र गृहसचिवले मात्रै झन्डै डेढ करोड खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ मा मन्त्री र सचिवले १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ । सोही नीतिगत व्यवस्थामा टेकेर यो आर्थिक वर्षमा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ ।

अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए ।

टिप्पणीहरू