आज कोरोना संक्रमित एक जनाको मृत्यु

आज कोरोना संक्रमित एक जनाको मृत्यु

आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । कोरोनाको तेस्रो लहरयता लामो समयपछि एक संक्रमित बिरामीको निधन भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४७३ जनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको पुष्टि भएको हो ।

आज थपिएका सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार तीन सय ३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् ।

टिप्पणीहरू