मोरङ कारागार बन्यो कोरोना संक्रमणको नयाँ ‘हट स्पट’
जिल्ला कारागार मोरङका ५८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो २२ र आज ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण एक कैदीको ज्यान गएपछि शंका लागेर अन्यको परीक्षण गराउँदा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।
हाल उनीहरुको जिल्ला कोभिड अस्पतालमा उपचार भइरहेको छ । झण्डै एक हजार जना कैदी रहेको कारागारमा छ सयले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् ।
बाहिरका झ्यालखानाबाट कैदी सार्ने क्रममा कोरोना सल्किएको हुनसक्ने आशंका सहायह प्रजिअ पोखरेलको छ ।
कारागारभित्र कोरोना संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महानगरले सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन, अनावश्यक भीडभाड नगर्न, भौतिक दूरी कायम गर्न र मास्कको प्रयोगलाई निरन्तरता दिन आग्रह गरेको हो ।
टिप्पणीहरू