चट्याङमा भेडा गुमाउनेलाई पाँच लाख नगद

चट्याङमा भेडा गुमाउनेलाई पाँच लाख नगद

चट्याङमा परेर भेडा गुमाएका किसानलाई प्रदेश सरकारले नगद राहत दिएको छ । जुम्लाको पातारासी गाउँपालिका–४, लुमका पाँच जना कृषकलाई राहत वितरण गरिएको हो ।

कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई आज राहत हस्तान्तरण गरेका हुन् ।

पशु सेवा कार्यालय, जुम्लाका सूचना अधिकारी धनबहादुर महतका अनुसार कृषकहरुलाई पाँच लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । प्रति भेडाको चार हजार रुपैयाँका दरले राहत दिइएको पशु सेवा कार्यलय जुम्लाले जनाएको छ ।

कृषक धर्मसिंह रिउले एक लाख ४४ हजार, सुक रिउले एक लाख ७६ हजार, मानबहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकायाले ८० हजार रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

गत असार १७ गते चट्याङ पर्दा पातारासी–४ मा पर्ने बागजाले पाटनका पाँच जना कृषकका एक सय ३० वटा भेडा मारिएका थिए । अन्य दुई सय ५० भेडा हराएका छन् ।

टिप्पणीहरू