माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा

माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा

कमल भट्टराई

ताप्लेजुङ माओवादी केन्द्रको लागि २०७९ सालको स्थानीय निर्वाचन हाँसो पछिको सन्नाटा बनेको छ । नौ वटा स्थानीय तहमा ९ जना प्रमुख र ९ जना उपप्रमुख गरि १८ जना निवार्चित हुँदा नेकपा एमाले ६ जना, नेपाली काँग्रेस ६ जना, माओवादी केन्द्र ५ जना र नेकपा एकिकृत समाजवादी १ जना निर्वाचित भएका थिए । यसरि १२ जना गठबन्धनको समुहमा थिए भने ६ जना नेकपा एमालेका रहेका थिए ।

ताप्लेजुङ गठबन्धनले स्थानीय निर्वाचन पूर्व नै जिल्ला समन्वय समिति सहितको भागवण्डा गरि गठबन्धनलाई दर्विलो बनाएका थिए । माओवादी केन्द्र जिल्ला समन्वय समिति प्रमुख, नेकपा एकिकृत समाजवादी उपप्रमुख र नेपाली काँग्रेस सदस्यहरुमा रहने गरि पद विभाजन गरेर गठबन्धन निर्वाचनमा होमिएको थियो । माओवादी केन्द्रले जि.स.स. प्रमुखमा मिङ्मा डण्डु शेर्पा र नेकपा एकिकृत समाजवादीले उपप्रमुखमा छिरिङ लामालाई उठाउने गरि निर्णय गरेका थिए ।

गठबन्धन पक्ष दर्विलो देखिए पछि माओवादी केन्द्रमा थोरै खटपट बढेको देखियो, फुङलिङ नगर कमिटी अध्यक्ष गंगा शंकरले उमेदवारी दिने र एक नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले शंकरको उमेदवारीलाई प्रस्ताव गर्ने काम उमेदवारी दिने दिन विहान ११ः०० बजे तिर भए पछि गठबन्धन समुहमा खैलाबैला भएको थियो ।

माओवादीले थप उमेदवारी दिन नमिल्ने भए पछि लगभग २ः०० घण्टाको छलफलबाट उपप्रमुख पाएको एकिकृत समाजवादीले प्रमुखमा दिने र नेपाली काँग्रेसले उपप्रमुखमा उमेदवारी दिएर माओवादीलाई सदस्य संख्या बढाउने निर्णय भए पछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष छिरिङ लामा जि.स.स. प्रमुख र नेपाली काँग्रेसका कृष्णप्रसाद लिङखिमलाई उपप्रमुखमा उमेदवारी दिने गरि निर्णय गरेर चुनावी मैदानमा होमिए ।

ताप्लेजुङ जिल्ला समन्वय समिति बनाउन गठबन्धन १२ र नेकपा एमाले ६ मत लिएर मैदानमा जाँदा खेलको अन्त्यमा गठबन्धन १० र एमाले ८ मत हुन पुगे । यसरि गठबन्धनका २ मत हराए पछि माओवादी केन्द्र र नेपाली काँग्रेसमा एउटा काम थपियो र दुई दलले हराएका दुई मत खोज्न थाले । अहिले पनि ताप्लेजुङ गठबन्धनमा यो विषय निकै पेचिलो बन्दै गएको सम्बन्धित पक्षले बताएका छन् ।

माओवादी केन्द्रले ताप्लेजुङ जिल्ला समन्वय समिति निर्वाचनमा पार्टीको निर्णय विपरित जि.स.स. प्रमुखमा उमेदवारी दिने गंगा शंकरलाई पार्टीको सम्पूर्ण जिम्मेवरीबाट हटाएको र उनको समर्थन गर्ने विजय वनेमलाई स्पष्टिकरण सोधेको तथा उनका कृयाकलापहरु बारे केन्द्रमा लेखि पठाएर कार्यवाहीको लागि सिफारिस गरिएको ताप्लेजुङ माओवादी केन्द्रका जिल्ला अध्यक्षले बताएका छन् ।

यता कार्यवाहीको घेरामा परेका प्रदेश सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले भने सामाजिक सञ्जाल मार्फत पाटी कसैको विर्ता, पेवा वा दाइजो नभएको र यस्तो बनाउन खोज्नेहरु संग संघर्ष गरिरहने बताएका छन् ।

माओवादी केन्द्रको प्रदेश र केन्द्रीय तहमा छानविन समिति र अनुशासन आयोगहरु रहेका र यदि आवश्यक परे हरेक ठाउँबाट यसको खोज, छानविन र सिफारिस हुन सक्ने तथा यसले पार्टीलाई अझ मजबुत बनाउन सक्ने माओवादी केन्द्र निकट स्रोतको दावी छ ।

टिप्पणीहरू