यात्रुलाई दुःख दिने १० जना बिचौलिया बल्खुबाट पक्राउ

यात्रुलाई दुःख दिने १० जना बिचौलिया बल्खुबाट पक्राउ

बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई दुःख दिन १० जना बिचौलिया पक्राउ परेका छन् । यात्रुलाई तोकिएकोभन्दा बढी लिने, जबरजस्ती तानेर बाधा अवरोध पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले आज सिन्धुली घर भई कलंकी बस्ने वर्ष ३० को हरि बहादुर पाण्डे, उदयपुर घर भई कलंकी बस्ने २२ वर्षे सञ्जय तामाङ, भारत बिहारका १९ वर्षे राकेशकुमार श्रीवास्तव र धनगढी १६ घर भई कलंकी बस्ने २१ वर्षे राजु थापालाई पक्राउ गरेको हो ।

त्यसैगरी रौतहटको चन्द्रनिगाहपुर ४ का २९ वर्षे आकाश तामाङ, वीरगञ्जका ३५ वर्षे राजिवकुमार सिंह, सिन्धुलीका ३० वर्षे नितिश जंग राणा र सर्लाही लालबन्दीका २९ वर्षे रविन्द्र चौधरीलाई पनि प्रहरीले पक्रेको छ ।

आज पक्रेर जिल्ला प्रशासन कार्यालयमा पेश गरिएकामा इलामका २९ वर्षे दोर्जे गुरुङ र काठमाडौं दक्षिणकाली १ का ४० वर्षे राम तामाङ समेत हुन् ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ५ दिनको म्याद थप गरेपछि अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू