महालक्ष्मी विकास बैंक लि.द्वारा कर्मचारीको कोरोना भाइरस बीमा

महालक्ष्मी विकास बैंक लि.द्वारा कर्मचारीको कोरोना भाइरस बीमा

विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस COVID-19 का कारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले सम्पुर्ण शाखाहरुबाट कर्मचारीहरुको कार्यतालिका मिलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण कर्मचारीको कोभिड – १९ बीमा गरेको छ । बैंकले कोभिड – १९ बाट भविष्यमा आइ पर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड – १९ बीमा गरेको हो ।

देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भए सम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू