चट्याङ लागेर पूर्वका लाकुमार बिते,दुई जना सिकिस्त

चट्याङ लागेर पूर्वका लाकुमार बिते,दुई जना सिकिस्त

ताप्लेजुङमा चट्याङ लागेर एकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङ्देन गाउँपालिका–३ ऐजा बस्ने १५ वर्षीय लाकुमार शेर्पा हुन् ।

हिजो दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी शान्थाक्रामा उपचारको क्रममा मृत्यु भएको हो । सोही गाउँपालिका–२ मैखुस्थित मकै गोड्ने क्रममा वर्षा सँगै परेको चट्याङ लागेर अर्का दुई जना घाइते भएका थिए ।

उनीहरुको अहिले सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

टिप्पणीहरू