उपसभामुखको निर्वाचनअघि बालुवाटारमा बैठक

उपसभामुखको निर्वाचनअघि बालुवाटारमा बैठक

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको क्याबिनेट बैठक भर्खरै सकिएको छ । सवा ११ बजेदेखि बसेको बैठक एक घण्टासम्म चलेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको क्याबिनेट बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), परराष्ट्रमन्त्री डा. नारायण खड्का, यातायातमन्त्री मोहम्मद ईश्तियाक राई लगायत डेढ दर्जन मन्त्रीहरुको उपस्थिति थियो ।

उता दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक डाकिएको छ । बैठकमा आज नागरिकता विधेयकमाथि छलफलको कार्यक्रम राखिएको छ । आजै दिउँसो ३ बजे प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यतालिका रहेको छ ।

आजै बिहान ९ बजे बालुवाटारमा सरकारमा आवद्ध राजनीतिक दलका शीर्ष नेताहरुको गठबन्धन बैठक बसेको थियो ।

टिप्पणीहरू