चितवनमा गाईको मासु तस्करी

चितवनमा गाईको मासु तस्करी

गाईको मासु तस्करी गरेको आरोपमा चितवनका तीन जना समातिएका छन् । अटोमा राखेर मुग्लिनबाट गाईको मासु लिएर नारायणगढतर्फ जाँदै गरेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अटो चालक धादिङका २८ वर्षीय शङ्कर तामाङ, चितवनका ४५ वर्षीय प्रतिक ठकुरी र पोखरा घर भएका ३५ वर्षीय होम घिमिरे रहेका छन् । प्रहरीका अनुसार उनीहरुले ना २ ह ३९६९ नम्बरको अटो प्रयोग गर्दै गाई र गोरुको मासु तस्करी गर्ने गरेको खुलेको छ ।

प्लास्टिकको बोरामा खाँदेर लैजाँदै गरेको अवस्थामा मासु भेटिएको हो । पक्राउ परेका तीनै जनाविरुद्ध पशुपन्छिसम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू