दिल्ली जानुअघि बालुवाटार पुगे प्रचण्ड

दिल्ली जानुअघि बालुवाटार पुगे प्रचण्ड

आज नयाँ दिल्ली जान लाग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको सत्ता गठबन्धनको बैठकमा सहभागी हुन उहाँ त्यहाँ जानुभएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक बिहान ९ बजेदेखि बसेको हो । एक घण्टा भएको बैठकमा सहभागी नेताहरु भर्खरै त्यहाँबाट बाहिरिनुभएको छ ।

टिप्पणीहरू