विद्युत् गृह भासिँदा एकै घरका तीन जना बिते

विद्युत् गृह भासिँदा एकै घरका तीन जना बिते

जुम्लामा विद्युत् गृह भासिँदा एकै घरका तीन जना पुरिएका छन् । हिमा गाउँपालिका १ आचार्यलिहीमा रहेको भित्रीखोला जलविद्युत आयोजनाको विद्युत् गृह भासिँदा उनीहरुको मृत्यु भएको हो ।

गए राति विद्युत् गृह भासिँदा एक महिला र उनका दुई छोराको घटनास्थलमा ज्यान गएको हो । विद्युत् गृहका चौकीदार गोरखबहादुर रावतकी श्रीमती छोराहरु बितेका हुन् । रावत अन्यत्र गएको बेलामा श्रीमतीले विद्युत् गृहमा चौकीदारी गर्ने गर्थिन् । हिजो गोरखबहादुर अन्यत्र गएका कारण त्यहाँ सुतेका परिवार सबै बितेका हुन् ।

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र छोराहरु ९ वर्षीय भरत तथा ८ वर्षीय सूर्य रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भुवन भट्टले जानकारी दिए ।

टिप्पणीहरू