साँझ नपर्दै माओवादी नेताहरु पेरिसडाँडाबाट घरतिर

साँझ नपर्दै माओवादी नेताहरु पेरिसडाँडाबाट घरतिर

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न साढे चार बजे शुरु भएको बैठक साँझ साढे छ बजे सकिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ प्रकाश, वर्षमान पुन अनन्त, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, शक्ति बस्नेत, जनार्दन शर्मा प्रभाकर, लिलामणि पोखरेल, गिरीराजमणि पोखरेल, मातृका यादवसहितका स्थायी समिति सदस्यहरुको उपस्थिति थियो ।

माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले नेकपाकालीन सदस्यहरु स्वतः रहने गरि ४१ सदस्यीय स्थायी समिति गठन गर्ने निर्णय गरेको थियो । स्थायी समितिमा रहने अन्य नेताहरुको नाम अझै टुंगो लागिसकेको छैन।

टिप्पणीहरू