शरणार्थीप्रति सरकार अनुदार, सांसद उदार

शरणार्थीप्रति सरकार अनुदार, सांसद उदार

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भूटानी शरणार्थीप्रति सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले शरणार्थीलाई पानीसमेत नदिएको बताए ।

‘भुटानले लखेट्यो, भारतले लखेट्यो । नेपाली मुलकका भनेर नेपाल आएर बसे । उनीहरुलाई न पानी दियौँ, न घाँस दाउरा दियौँ, न लाश गाड्ने ठाउँ दियौँ, न नागरिकता दियौँ, न जागिर दियौँ,’ बैठक महतले भने, ‘तर, अमेरिकाले लग्यो । हामी भन्ने बेला नेपाली मूलका भन्ने । उनलाई (शरणार्थीलाई) हात धोएको पानी पनि नदिने, हामी कस्ता नेपाली ?’

नागरिकता प्रदानमा फराकिलो मन बनाउनुपर्ने बताउँदै उनले भारतीय यहाँ दुःख गर्न नआउने बताए । ‘भारतको सबै सुख सुविधा छाडेर भारतीयहरु यहाँ नागरिकता लिन आउँछन् ?,’ उनले प्रश्न गरे ।

टिप्पणीहरू