आज कोरानाका २६० संक्रमित थपिए

आज कोरानाका २६० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर २६० जनामा कोरोना संक्रमण भेटिएको छ । तीन हजार आठ सय ४४ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २७ जनाको पिसीआर परीक्षण गर्दा २१४ र एक हजार ८१७ जनाको एन्टिजेन परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार एक सय ७१ पुगेको छ । आज ४८ जना कोरोना संक्रमित निको भएका छन् ।

टिप्पणीहरू