कुन-कुन न्यायाधीश थप जागिर जाने क्रममा ?

कुन-कुन न्यायाधीश थप जागिर जाने क्रममा ?

अनियमितताको अनेक आरोप लागेका न्यायाधीशहरुमध्ये केहीको पदीय जिम्मेवारी खोसिने भएको छ । यसवीच कार्यथलोबाट राजधानी तानिएका जिल्लाका न्यायाधीशहरुमध्ये केहीलाई कारवाहीस्वरुप सेवाबाट हटाउन लागिएको छ । सम्भवतः यो काम भोलि साँझसम्ममा फत्ये हुनेछ ।

कार्वाहीको सबैभन्दा पहिलो नम्बरमा जिल्ला अदालत रामेछापका न्यायाधीश बद्री ओली रहेका छन् । उनको भोलिदेखि जागिर जाने सम्भावना प्रवल छ ।

ओलीले काठमाण्डौबाट रामेछाप पुगेर बलात्कारमा मुछिएका स्थानीय एउटा गाउँपालिका अध्यक्षलाई सफाइ दिएका थिए । सेटिंगमा भएको उक्त सफाइको चौतर्फी आलोचना भएपछि उनी शंकाको घेरामा परेका हुन् ।

त्यसअघि काठमाडौंमा छँदा महाराजगञ्जको ५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गराउन आदेश दिएको उजुरी परेको थियो । काठमाडौंमा भएको सरकारी जग्गा र रामेछापको बलात्कार काण्डमा ओलीले बद्नियतपूर्वक फैसला गरेपछि उनीमाथि छानबिन गरिएको हो ।

अर्का काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिका निरौलामाथि भएको छानबिनको प्रतिवेदन पनि बुझाइसकिएको छ । न्यायाधीश सूर्य अधिकारीलाई पनि बेलैमा जागिर छाडेर मार्ग प्रशस्त गर्न माथिल्लो तहबाट सल्लाह दिइएकाले उनी पनि कारवाहीको सूचीमा रहेको पक्का भएको छ । राजीनामा दिएर हिँडे उनकै भलो हुने उद्देश्यले उक्त सल्लाह दिइएको हो ।

उता अछाम जिल्ला अदालतका न्यायाधीश नवीन जोशीको भने जागिर नजाने भएको छ । उनलाई सचेत गराइने सम्भावना छ । यी सबै क्रमलाई हेर्दा दुईदेखि तीन जना न्यायाधीशको जागिर चैट हुने क्रममा रहेको बताइन्छ ।

अर्का न्यायाधीश राजकुमार अधिकारीमाथि भइरहेको छानबिन अझै टुंगेको छैन ।

टिप्पणीहरू