मोटरसाइलको ठक्करबाट पैदलयात्रु ठहरै

मोटरसाइलको ठक्करबाट पैदलयात्रु ठहरै

सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने ५५ वर्षीय दीपनारायण मेहता हुन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका–६ स्थित वीरेन्द्र बजारमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.४प १३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मेहता सख्त घाइत भएका थिए । उनको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू