घुँगी टिप्न खोलामा झरेका भीम फर्केनन्

घुँगी टिप्न खोलामा झरेका भीम फर्केनन्

मोरङमा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । रंगेली नगरपालिका–२, माझी टोलका २५ वर्षीय भिम राईको घरबाट आठ सय मिटर टाढाको कट खोलामा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, रंगेलीका अनुसार राईको हिजो खोलामा घुँगी टिप्न गएका बेला डुबेर मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू