भृकुटीमण्डपमा लागेको आगो नियन्त्रण बाहिर

भृकुटीमण्डपमा लागेको आगो नियन्त्रण बाहिर

काठमाडौंको भृकुटीमण्डपमा लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । समाज कल्याण परिषद्को स्टोरभित्र पौने ३ बजेदेखि आगो लागेको हो ।

करेन्ट सर्ट भई आगजनी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगो निभाउनका लागि एकछिन अघि मात्र दमकल उक्त क्षेत्रमा पुगेको छ ।स्टोरभित्र करिब ७० लाखको सामान रहेको जनाइएको छ । त्यहाँभित्र खाली सिलिन्डर पनि रहेको छ ।

टिप्पणीहरू