मोटरसाइकलले हानेर पैदलयात्री बिते, चालक सिकिस्त

मोटरसाइकलले हानेर पैदलयात्री बिते, चालक सिकिस्त

सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ भने चालक घाइते भएका छन् । रामधुनी नगरपालिका-२ मा गएराती मोटरसाइकलको ठक्करबाट स्थानीय रुकमी सरदारको मृत्यु भएको हो ।

प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकले ठक्कर दिँदा ६० वर्षीय सरदारको अस्पतालमा उपचार गर्दागर्दै निधन भएको हो । गम्भिर घाइते भएकी उनको न्युरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि इटहरीस्थित बेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू