गोहीको आक्रमणबाट बालकलाई बचाउन गाउँलेहरु एकजुट (भिडियो सहित)

गोहीको आक्रमणबाट बालकलाई बचाउन गाउँलेहरु एकजुट (भिडियो सहित)

भारत, मध्य प्रदेशस्थित सेओपुर गाउँको चम्बल नदीमा नुहाउने क्रममा अन्तर सिंह नाम गरेका १० वर्षीय बालकलाई एउटा ठूलो गोहीले आक्रमण गरेको छ । आक्रमण पश्चात स्थानीय गाउँलेहरु मिलेर गोहीलाई समात्ने बिचार गरे र पेटमा बालक जिउँदै छ कि छैन भनी हेर्न तानेर पानी बाहिर निकाले ।

तर तत्काल सरकारी अधिकारीहरूले बालकलाई गोहीले निलेको नभई पानीले बगाएको हुनसक्ने सुझाव सहित गोहीलाई छोडिदिन आदेश दिए, त्यसपछि गोही पानीमै छोडियो । तर,केही गाउँलेले बालकलाई विशाल गोहीले तानेर पानीमा लगेको देखेको दाबी गरेका छन् ।

श्रोत: आर टी न्युज र इण्डिया टाइम्स

 

टिप्पणीहरू