मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

कैलालीमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गए रातिको दुर्घटनामा तीन जना घाइते भएका छन् ।

गौरीगंगा नगरपालिका–९ शंकरपुरमा सु.प.प.्र ०१–००९ प ७८९१ र से.७ प ११४७ नम्बरको मोटरसाइकल ठोक्किँदा से.७प ११४७ नम्बरको मोटरसाइकलका चालक रामअवतार कठरियाको मृत्यु भएको हो । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अर्का कैलारी गाउँपालिका–८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सु.प.प्र. ०१–००९ प ७८९१ नम्बरको मोटरसाइकल चालक गौरीगंगा–९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् ।

टिप्पणीहरू