आज १७७ जना नयाँ संक्रमित थपिए

आज १७७ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर एक सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । तीन हजार एक सय २६ जनाको परीक्षणमा एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार आठ सय पाँच जनाको पिसीआर परीक्षण गर्दा एक सय ४४ जना र एक हजार तीन २१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको हो ।

आज थपिएसँगै कोभिड १९ को सक्रिय संक्रमितको संख्या आठ सय ७३ पुगेको छ । आज ४१ जना संक्रमित निको भएका छन् ।

आज भेटिएका नयाँ संक्रमितमध्ये काठमाडौंमा ९०, ललितपुरमा तीन र भक्तपुरमा एक जना हुन् । अरु बाँकी उपत्यका बाहिरका हुन् ।

टिप्पणीहरू