भारत लैजान लागिएको सुपारी झापामै रोकियो

भारत लैजान लागिएको सुपारी झापामै रोकियो

झापाबाट प्रहरीले अवैध सुपारी बरामद गरेको छ । हिजो मेचिनगर नगरपालिकाबाट २४५ किलो अवैध सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय, झापाका डिएसपी सन्त पाठकका अनुसार हिजो राति साढे १० बजेको समयमा मेचिनगर नगरपालिका–६ बाट भन्सार छली भारत लैजाँदै गरेको १२० किलो र साढे २ बजे १२५ किलो सुपारी बरामद गरिएको हो ।

बरामद सुपारीको बजार मूल्य एक लाख २२ हजार ५०० रुपैयाँ बराबरको रहेको छ । उक्त सुपारी अहिले मेचिनगर भन्सार कार्यालय पठाइएको छ ।

टिप्पणीहरू