बाबुरामको समानान्तर भेला यस्तो देखियो

बाबुरामको समानान्तर भेला यस्तो देखियो

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनतर्फ अघि बढेको छ । दुईपक्षीय विवाद बढ्दै गएपछि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै आ-आफ्नो बाटो लाग्ने सहमति गरेको चर्चाबीच केन्द्रीय समितिको अलग-अलग बैठक बसेपछि सो पार्टी विभाजनको सन्निकट पुगेको हो ।

आज दुवै समूहले छुट्टाछुट्टै भेलाको आयोजना गरेका छन् । उपेन्द्र पक्षको बैठक वीरगंजमा शुरु भएको छ भने बाबुराम खेमा जडिबुटीमा जुटेको छ ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु पुग्नेक्रम जारी छ ।

टिप्पणीहरू