तेल लिन हिँडेका सदा पानीमा डुबेर बिते

तेल लिन हिँडेका सदा पानीमा डुबेर बिते

सप्तरीमा तेल लिन हिँडेका एक पुरुषको पानीमा डुबेर निधन भएको छ । डाक्नेश्वरीस्थित माझी पोखरीमा डुबेर उनको मृत्यु भएको हो । डोक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का रामउदागर सदाको मृत्यु भएको हो ।

हिजो दिँउसो घरबाट तेल लिन भनेर निस्किएका सदा डुबेको अवस्थामा फेला परेका थिए ।

स्थानीयले उनको लाश पोखरीबाट निकालेर घरमा ल्याइ राखेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको हो ।

उनले मादक पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । हाल घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

टिप्पणीहरू