एक पटक घट्ने, धेरै पटक बढ्ने : यातायात भाडा

एक पटक घट्ने, धेरै पटक बढ्ने : यातायात भाडा

सरकारले सार्वजनिक सवारी साधनको भाडा पुनः बढाएको छ । इन्धनको मूल्य बढेकाले हिजोदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १ दशमलब ७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २ दशमलब ३४ प्रतिशत र तराईका सडकमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २ दशमलब ६ प्रतिशतले भाडा बढाइएको विभागले जनाएको छ ।

यसअघि पटक पटक भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

टिप्पणीहरू