गृहमन्त्री आज फेरि प्रचण्ड निवासमा

गृहमन्त्री आज फेरि प्रचण्ड निवासमा

गृहमन्त्री बालकृष्ण खाँण केहीबेरअघि खुमलटार पुग्नुभएको छ । उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न आज केही घण्टाको फरकमा दोस्रो पटक त्यहाँ जानुभएको हो ।

बिहान आधा घण्टा कुराकानी गरेर फर्कनुभएका मन्त्री खाँण अहिले पौने ३ बजेको समयमा पुनः त्यहाँ जानुभएको हो । बिहान उहाँहरुबीच नागरिकता विधेयक पारित गर्ने उपाय र अन्य समसामयिक विषयमा भेटवार्ता भएको थियो ।

अहिले पनि त्यहि विषयमा भएको पछिल्लो प्रगतिबारे जानकारी गराउन मन्त्री खुमलटार पुग्नुभएको स्रोतको दाबी छ ।

टिप्पणीहरू