केपी ओलीलाई कन्याउँदै गएराति भारतभक्त अमरेशकुमार सिंह बालकोटमा

केपी ओलीलाई कन्याउँदै गएराति भारतभक्त अमरेशकुमार सिंह बालकोटमा

हिजो पनि राजनीतिक दलका नेता, मन्त्री तथा सांसदहरुबीच भेटघाट र छलफल बाक्लै भएको छ । दिउँसो अन्यत्र भेटघाट भए पनि साँझ भक्तपुरको बालकोटमा काँग्रेस नेता अमरेश सिंह पुगेको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सिंह साँझ पुगेर झण्डै डेढ घण्टाको वार्तालापपछि भैसेपाटीको आलिशान बङ्गलोमा फर्केको स्रोतको दाबी छ ।

हिजो साँझ सोही समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न खुमलटारबाट बालुवाटार छिर्नुभएको थियो । उहाँहरु दुई जनाबीच मात्रै भेटघाट र कुराकानी भएको हो ।

उता बालकोटस्थित ओली निवासमा अध्यक्ष ओलीसँग भेट गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बिहान १० नबज्दै त्यहाँ पुग्नुभएको थियो । अध्यक्ष र उपाध्यक्ष पोखरेलबीच मध्यान्हसम्म लामै छलफल चलेको बताइन्छ ।

बालुवाटार जानुअघि हिजो माओवादी अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग एक घण्टा लामो कुराकानी गर्नुभयो ।

यता एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको बालुवाटारस्थित निवासमा पनि हिजो धेरैजनाबीच लामो छलफल भएको छ । उहाँहरुबीच साँझको समयमा भेटतवार्ता भएको हो । एमाले संसदीय दलको उपनेतासमेत रहनुभएका नेम्वाङसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा बन्दले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्नुभएको बुझिएको छ ।

टिप्पणीहरू