कसैलाई बाँकी नराख्ने अभियानमा घनश्याम

कसैलाई बाँकी नराख्ने अभियानमा घनश्याम

नेकपा एमालेका बौध्दिक नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गर्नुभएको छ । उहाँले १० बुँदे सहमति लत्याएर नेपालले दोहोरो नीति अपनाएको आरोप लगाउनु भएको हो ।

नेता भुसालले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै उक्त आरोप लगाउनुभएको हो । स्टाटसमा भनिएको छ, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गर्नु भएको छ ।’ उहाँले अगाडि लेख्नुभएको छ, ‘केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउनेसम्बन्धी अध्यादेशको विरोध गर्नेमा नेपाल पनि अगाडि रहेको तर, त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा अर्को पार्टी खोलेर कम्युनिष्ट आन्दोलनको सेवा गरेको भनेर धर्तीको कुनै पनि इजलासले भन्न सक्नेछैन ।’

माधव नेपालले ढिलो वा चाँडो कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्ने समेत भुषालले दाबी गर्नुभएको छ । मुलुकभित्र तथा बाहिरका राजनीतिक घटनाक्रमलाई फरक दृष्टिकोणबाट विश्लेषण गर्न रुचाउने छवि बनाउनु भएका नेता भुसालले आफ्नै पार्टी अध्यक्ष केपी ओलीको पनि खुलेर विरोध गर्दै आउनु भएको छ ।

अध्यक्षको आलोचना गरेको भन्दै एमाले अनुशासन विभागले उहाँमाथि कारबाहीको लागि केन्द्रीय समितिमा सिफारिससमेत गरेको छ ।

टिप्पणीहरू