नारायणकाजी भन्नुहुन्छ, ‘हामी श्रीलंका जाने बाटोमा छौँ !’

नारायणकाजी भन्नुहुन्छ, ‘हामी श्रीलंका जाने बाटोमा छौँ !’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको अवस्था ढिलो चाँडो श्रीलंकाकै जस्तो हुने दाबी गर्नुभएको छ ।

कतिपय अर्थ-राजनीतिका विश्लेषकहरुले अहिले नै सुधार नगरे नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने बताइरहेका बेला सत्तारुढ दलका एक प्रमुख नेतासमेत रहनुभएका श्रेष्ठको यस्तो धारणा आएको हो । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले त्यस्तो स्थितिमा पुग्नबाट बचाउन समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको खाँचो पनि औल्याउनु भएको छ ।

‘हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सहि नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा,बिचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो’, नेता श्रेष्ठले लेख्नुभएको छ, ‘सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गरौं ।’

टिप्पणीहरू