उकालो लाग्यो कोरोना संक्रमण

उकालो लाग्यो कोरोना संक्रमण

आज एक सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन हजार ४५ जनामा नमूना परीक्षण गर्दा एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

सोही अवधिमा कोरोनाबाट ३१ जना निको भएका छन् । योसँगै देशभर नौ लाख ६७ हजार छ सय ८७ जना संक्रमित निको भएका हुन् । आज मुलुकभर ६७८ जना सक्रिय संक्रमित छन् ।

तीमध्ये काठमाडौँमा ३८९, भक्तपुरमा १०, ललितपुरमा ६३ जना सक्रिय संक्रमित छन् । बाँकी अन्य जिल्लाका हुन् । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

टिप्पणीहरू