चिनियाँ नेताको नमस्ते, प्रधानमन्त्रीको मन्द मुस्कान

चिनियाँ नेताको नमस्ते, प्रधानमन्त्रीको मन्द मुस्कान

नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी,विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहान काठमाडौं उत्रिनुभएका लिउले सबैभन्दा पहिले प्रधानमन्त्री देउवासँँग भेटवार्ता गरेको छ । सार्वजनिक कार्यक्रममा बिरलै हाँस्ने प्रधानमन्त्रीले बालुवाटारमा चिनियाँ नेताहरुलाई मन्द मुस्कानका साथ स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई भेट्नुअघि चिनियाँ टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेको थियो । नेपाल बसाइका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश विभाग प्रमुखले भोलि प्रचण्डसँग भेटवार्ता गर्नुहुनेछ भने ओलीलाई पर्सि भेट्नु हुनेछ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता सकेर टोली मध्यराती स्वदेश फर्किने तालिका छ ।

टिप्पणीहरू