आफैँले काम गर्दै आएको बसले किचेर सहचालक बिते

आफैँले काम गर्दै आएको बसले किचेर सहचालक बिते

आफैँले काम गर्दै आएको बसले किच्दा चितवनमा एक सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार बिग्रेपछि बनाउन अड्याइएको बसले किच्दा भरतपुरमा सोही बसका सहचालक सुरज नेपाली बितेका हुन् ।

ना. ५ ख ९६७ नम्बरको बसको मुन्तिर काम गरिरहेका २१ वर्षे सहचालक को ज्यान गएको हो । आज बिहान भरतपुर २५, मा बिग्रिएको बस मर्मत गर्ने क्रममा चालकले बस चलाउँदा अगाडि बढाउँदा मर्मतको क्रममा बसमुनि काम गर्दै बसेका सहचालक घाइते भएका र उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले बस चालक भरतपुर–२७ का राजकुमार गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

टिप्पणीहरू