कर्णालीको बजेटमा मन्त्रीका छोराछोरीको रजगज

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरीको रजगज

कर्णाली प्रदेशसभा सदस्यहरूले आगामी वर्षको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको भन्दै कटाक्ष गरेका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल क्रममा माननीयहरुले मन्त्रीका छोराहरुले संकलन गरेको योजनामात्रै समावेश गरिएको आरोप लगाउँदै आक्रोश पोखेका हुन् ।

प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीले छोराहरूलाई स्वकीय सचिव बनाएको र बजेटमा उनीहरु नै हाबी भएको दाबी गरिन् । उनले सरकारलाई विधिमा चल्न नदिन मन्त्रीका छोराछोरी बाधक भएको आरोप लगाइन् ।

कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास, जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रीका छोराहरू स्वकीय सचिव भएर काम गरिरहेका छन् । आफूहरूले दिएको योजना समावेश नगरेको भन्दै प्रदेशसभा सदस्य कृष्णा शाहले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायलाई व्यङ्ग्यस्वरुप बधाई दिएकी छन् ।

अधिकांश सांसदले बजेट निर्माण गर्दा योजना माग्ने तर समावेश नगर्ने परीपाटीका कारण समस्या उत्पन्न भएको बताएका छन् ।

टिप्पणीहरू