विपद्मा ज्यान गुमाउनेको संख्या बढ्दो

विपद्मा ज्यान गुमाउनेको संख्या बढ्दो

मनसुन सुरुसँगै प्राकृतिक विपद्को जोखिम ह्वात्तै बढेको छ । पछिल्लो तीन महिनाको सरकारी तथ्याङ्कमा विपद्बाट ज्यान गुमाउनेको संख्या उच्च देखिएको हो । मुलुकभर बाढी, पहिरो, चट्याङ, हावाहुरी, जनावरको आक्रमण, आगलागीलगायतका घटनामा परी सयौंको ज्यान गएको छ । हजारौं घरपरिवार प्रभावित छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार यो वर्षको सुरुदेखि हालसम्म एक हजार ३४ विपद्का घटना भएका छन् । जसमा एक बेपत्ता र दुई सय ७६ जना घाइते भएका छन् ।

त्यसैगरी, एक हजार ३४७ घरपरिवार प्रभावित भएको विवरणमा उल्लेख छ । चट्याङ लागेर सबैभन्दा धेरैको मृत्यु भएको प्राधिकरणले जनाएको छ । अहिलेसम्म चट्याङ लागेर ४९ जनाले ज्यान गुमाइसकेका छन् ।

पहिरोमा पुरिएर १५, बाढीमा परेर तीन, भारी वर्षाका कारण चार, सर्पको टोकाइबाट ६, आगलागीबाट १९, जंगल आगलागीबाट एक, हावाहुरीबाट नौ, जनावर आतंकबाट १२ गरी कूल एक सय १८ जनाको मृत्यु भएको छ ।

प्राधिकरणले यसबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । असारसम्म ६६ करोड ५९ लाख ६३ हजार ५६० रुपैयाँ बराबरको क्षति भएको छ ।

टिप्पणीहरू