खुमलटारका प्रचण्ड बालुवाटारमा, बालुवाटारका महाप्रसाद सिंहदरबारमा

खुमलटारका प्रचण्ड बालुवाटारमा, बालुवाटारका महाप्रसाद सिंहदरबारमा

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको भेटघाट र छलफल भएको छ ।

झण्डै दुई घण्टा भएको कुराकानीमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

उहाँहरुबीच एकसरो कुराकानी भएपछि बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहसचिव टेकनारायण पाण्डे छिर्नुभएको थियो । त्यसपछि प्रस्तावित नागरिकता विधेयकमा सहमति हुन बाँकी रहेका बुँदामाथि मिहीन ढंगले कुराकानी भएको बताइन्छ ।

हिजै श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच बिहान साढे १० बजेको समयमा भेटवार्ता भयो ।

त्यसैगरी ऊर्जा,जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग हिजो दिउँसो राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वमा रहेको १० जनाको टोलीले भेट गर्यो । टोलीले मन्त्रीसँग कर्णाली प्रदेशका विभिन्न जिल्लामा अझै विद्युतीकरण हुन नसकेको विषयमा कुरा उठाएको थियो ।

टिप्पणीहरू