काठमाडौंमा खहरे थुनिँदा बस्ती जलमग्न

काठमाडौंमा खहरे थुनिँदा बस्ती जलमग्न

अविरल वर्षाका कारण राजधानीका नदी र खहरेहरुको जलसतह बढेको छ । आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ मा गएको पहिरोले खहरे थुनेपछि हिन्दु विद्यापीठ विद्यालय नजिकैको बस्ती डुवानमा परेको हो ।

वर्षाले पहिरो गएको र खहरे थुनिएपछि भेल मोडिएर नजिकैको बस्तीमा पसेको छ । स्थानीय लेखनाथ पुडासैनीले घटनाबारे उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,‘ पटक पटक नगरपालिकालाईभन्दा पनि वास्ता गरेनन् ! स्कूलको गेट अगाडि यस्तो हुँदा समेत स्कूलले पनि कुनै चासो देखाएन !’

टिप्पणीहरू