ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

ललितपुरका मेयर चिरीबाबुलाई कोरोना संक्रमण

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ । आज गरिएको परीक्षणमा महर्जनलाई कोरोना देखिएको हो ।

महर्जनले घरमै स्वास्थ्य लाभ गर्नुभएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिनुयो ।महानगरपालिकाले सार्वजनिक गरेको विज्ञप्तिमा पनि उहाँलाई कोरोना संक्रमण भएकाले शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

टिप्पणीहरू