सिभिल बैंक र सेलपेबीच डिजिटल सहकार्य

सिभिल बैंक र सेलपेबीच डिजिटल सहकार्य

सिभिल बैंक लिमिटेड र सेलपे बीच डिजिटल माध्यमबाट भुक्तानी तथा रकम रकमान्तर गर्ने सहकार्य भएको छ । सेलपे सँग सहकार्य गरेर सिभिल  बैंकले आफ्ना सबै ग्राहकहरुलाई नेपालमा डिजिटल भुक्तानी सेवा प्रदान गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ ।

ग्राहकहरुले सेलपेमा आवद्ध रहेका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसैगरि ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।

सेलपेमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, EMI भुक्तानी गर्न सकिने छ ।

टिप्पणीहरू