पूर्वप्रधानमन्त्रीको निधनमा प्रधानमन्त्री मर्माहत

पूर्वप्रधानमन्त्रीको निधनमा प्रधानमन्त्री मर्माहत

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । आबे विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्रसमेत रहेको भन्दै उहाँले निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री देउवाले लेख्नुभएको छ, ‘पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’

जापानका पूर्वप्रधानमन्त्री आबेको आज निधन भएको हो । जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमा लगिएको थियो । स्थानीय समयअनुसार आज ५ बजेर ३ मीनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

टिप्पणीहरू