आज ९८ जनामा कोरोना संक्रमण

आज ९८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा मुलुभर ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६१ जनाको पिसीआर परीक्षण गर्दा ८३ र एक हजार ९३ जनाको एन्टिजेन परीक्षणमा १५ जना गरी ९८ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै सक्रिय संक्रमितको संख्या पाँच सय ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित निको भएका छन् ।

आज थपिएकासहित देशभर संक्रमित संख्या ११ लाख २२ हजार ७५० पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन ।

टिप्पणीहरू