ज्योतिषी रोजेकी हिरोइन बिहेमा यस्ती देखिइन्

ज्योतिषी रोजेकी हिरोइन बिहेमा यस्ती देखिइन्

पर्दामा कयौंपटक बेहुली बनेकी अभिनेतृ निता ढुंगाना आज वास्तविक जीवनमा दुलही बनेकी छन् । चार वर्षे प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै उनले आज प्रेमी ज्योतिषी हरिहर अधिकारीसँग लगनगाँठो कसेकी हुन् ।

दरबारमार्गस्थित होटल याक एन्ड यतिम निता र हरिहरले हिन्दु परम्पराअनुसार विवाह गरेका हुन् । वैवाहिक समारोहमा दुबैतिरका परिवारका सदस्य,आफन्त र सीमित साथीभाइ सहभागी छन् ।

पर्सि होटल याक एन्ड यतिमै रिसेप्सन पार्टी आयोजना गर्ने बताइएको छ । दुई दिनअघि निता र हरिहरले मेहन्दी, हल्दी लगाएको फोटो सार्वजनिक गरेका थिए ।

टिप्पणीहरू